कोरोना भाइरस भारतः कोभिड-१९ महामारीका कारण दिल्लीमा उत्पन्न अक्सिजन सङ्कट

गुरुद्वारामा अक्सिजन लिइरहेकी कोभिड-१९ भएकी एक महिला
गुरुद्वारामा अक्सिजन लिइरहेकी कोभिड-१९ भएकी एक महिला

दिल्लीका अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको दुई हप्ता हुन लागिसक्यो। तर सङ्कट समाधान हुने कुनै सङ्केत देखिएको छैन।

एक चिकित्सकसहित कम्तीमा १२ बिरामी दिल्लीको एउटा प्रमुख अस्पतालमा अक्सिजन अभाव भएका कारणले ज्यान गुमाएका छन्।

अस्पतालबाहिर अस्पतालमा शय्या पाउन नसकेकाहरू बोक्न सकिने किसिमको अक्सिजन सिलिन्डर हात पार्न सङ्घर्ष गरिरहेका छन्। कोही त लाइनमा बसेको १२ घण्टा भइसकेको बताउँछन्।

दिल्लीका कैयौँ अस्पतालमा दैनिक अक्सिजन आउने गरेको छ तर उनीहरूले आपत्कालका लागि आवश्यकताभन्दा बढी ल्याएर भण्डारण गर्न सकेका छैनन्।

एक डाक्टरले स्थिति भयावह भएको बताए। 'अस्पतालको मुख्य ट्याङ्की सकिएपछि भण्डारमा केही बाँकी छैन,' उनले भने।

प्रकाशित मिति: : 2021-05-03 19:45:00

प्रतिकृया दिनुहोस्