भारतमा जारी १४ औं ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ।
कोरोना भाइरसको संक्रमण बढेसँगै आइपीएल अनिश्चितकालका लागि स्थगित भएको हो।
टिमका खेलाडी तथा अफिसियलालाई कोरोना संक्रमाण हुन थालेपछि बीसीसीआईले प्रतियोगीता स्थातिग गर्ने निर्णय गरको हो।
बीसीसीआईले सोमबार राति विज्ञप्ति जारी गर्दै प्रतियोगिता रोकिएको जानकारी गराएको छ।
‘बीसीसीआई खेलाडीहरु, सहयोगी स्टाफ र आईपीएल आयोजनामा सहभागी अन्य सहभागीहरुको सुरक्षामा सम्झौता गर्न चाहँदैन। त्यस कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ।
जारी प्रतियोगितमा हालसम्म २९ खेल सम्पन्न भएका छन्। जसमा दिल्ली क्यापिटल्स ८ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ।