कोरोना संक्रमण बढेसँगै कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ अनिश्चितका लागि रोकिएको छ।
‘कोरोनको जोखिम बढेसँगै हामी पनि सचेत हुनुपर्छ। त्यसका कारण स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अनिश्चित समयका लागि शो रोक्ने निर्णय गरेको छौं,’ निर्देशक विशाल भण्डारीले भने।
यसअघि एक प्रतियोगीलाई कोरोना संक्रमण देखिएपछि शो एक साता रोकिएको थियो।
पहिलो सिजनबाटै चर्चामा आएको च्याम्पियनको दोस्रो सिजन गत फागुन २१ बाट सुरु भएको थियो। जारी सिजनको हाल ‘टप’ ९ राउण्ड चलिरहेको छ।
सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराई जज रहेको ‘कमेडी च्याम्पियन’ मा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, राज घिमिरेको लगानी रहेको छ।