कोरोनाको नयाँ भेरियन्टले बारामा १३ जना संक्रमितले ज्यान गुमाएको प्रहरीले जानकारी गराएको छ।
बुधबार महागढिमाई नगरपालिका वडा नम्वर २ का ५२ वर्षीय कोरोना संक्रमित युवकको साथै हालसम्म जिल्लामा १४ जनाले ज्यान गुमाएको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन्।
वैशाख २० गते कोरोना पोजेटिभ भई आफ्नै निवासमा होम आइसोलेशनमा बस्दै आएका थिए। स्वास्थ्यमा सुधार नदेखिएपछि पर्साको नारायणी अस्पताल बिरगंजमा उपचार भइरहेको थियो। निजको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कोरोनाबाट संक्रमित भएका कलैया उपमहानगरपालिकाबाट एक महिला दुई पुरुष गरी तीन जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिकाबाट एक महिला तीन पुरुष गरि चार जनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ।
कोल्भी नगरपालिकामा एक जना पुरुष, महागढिमाई नगरपालिकामा एक जना पुरुष, परवानीपुरमा एक जना पुरुष, फेटामा एक जना पुरुष, सुर्वण गाउँपालिकामा एक जना महिला, आर्दशकोतवाल गाउँपालिकामा एक जना महिला र एक जना भारतीय गरी १४ जनाले कोरोनाबाट ज्यान गुमाएको प्रहरी नाउव उपरिक्षकले जनाकारी गराएका छन्।
दुई सय भन्दा बढि संक्रमित फेला परिसकेकोले डिसिसिएमसिको आकस्मिक बैठक बसी बैशाख २३ गतेदेखि निषेध आदेश जारी गरेको मिश्रले जानकारी दिएका छन्।
बैठकले संक्रमणको रोकथाम र नियन्त्रणको लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्लभर बैशाख २३ गते विहान ६ बजे देखि निषेध आदेश जारी भएको छ।
अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछा, मासु, औषधी उपकरण बिक्री गर्ने बाहेका व्यापारहरु शनिबार बाहेक प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी गराएका छन्।
अत्यावश्यक सवारी साधान एम्बुलेन्स, टेलिकम, विद्युत, हुलाक, वित्तिय संस्था, दुध, पानी, निमार्ण समाग्री, पशुपन्क्षी, कुखुराको दाना, तराकारीको सवारी, बाहेक निजि सवारी साधन, यात्रु बाहक साधन पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिए।
विवाह, दाहसंस्कार जस्ता कार्यहरुमा स्वास्थ्यको मापदण्ड अपनाइ २५ जना भन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने तथा विकास निमार्णको कार्य र कलकरखानामा परिसरमै सुरक्षित क्वारेन्टाइन राखी सञ्चालन गर्न पाउने बैठकमा व्यवस्था गरिएको जानकारी गराइएको छ।