तीन डाक्टरद्वारा एमसीसीको शल्यक्रिया

जिन्दगीमा कमाउनु भनेको इज्जत र स्वाभिमान होइन ? यी दुवैलाई बन्धकीमा राख्ने काम जनप्रतिनिधिहरूले गर्न सुहाउँदैन ।

गोरखापत्र

काठमाडौं

नेपालमा अमेरिकी परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) ले काम गरेको चानचुन पाँच वर्ष भएछ । त्यसको कार्यालय हायात नाम गरेको एउटा ठूलो होटलमा रहेछ । त्यसको करिब १० अर्ब खर्च भइसक्यो रे । तर, पाँच वर्षमा १० अर्ब खर्च गर्ने त्यत्रो ठूलो योजना, नेपाली जनताले यो एमसीसीको नाम गतसाल मात्र सुने । अर्थात् कम्पनीले काम थालेका चार वर्षपछि ।

शायद यस्तो अति नेपालमा मात्रै हुन्छ होला । बाह्य मुलुकसँगका सन्धि, सम्झौतासम्बन्धी विषय चार –चार वर्षसम्म सरकारले लुकाएर राख्ने ! के गर्नु, हामी यस्तै देशमा जन्मिन पुगेछौँ जहाँ पार्टीका नेताहरूले जनतालाई झुक्याउनु आफ्नो पौरख ठान्दा रहेछन् ।

मैलेचाहिँ गएको दशैंताका एमसीसीको बारेमा सुनेँ । कोही कति अर्ब सित्तैमा पाइयो भनेर मक्ख प¥या छ, कोही देश डुब्यो अब भनेर रोइ कराई गरिराख्या छ । कोही ज्यान दिन्छौँ एमसीसी पास हुन दिदैनौँ भनेर ज्यानै फालेर उफ्रिएको छ ! यसो बुझ्नुप¥यो एमसीसीसम्बन्धी भनेर नेताका भाषण गौर गरेर सुन्न थालियो, पत्रपत्रिका खोजी गरी गरी पढ्न थालियो । कुरो विरोधीकै मन प¥यो ।

प्रकाशित मिति: : 2021-05-06 08:08:00

प्रतिकृया दिनुहोस्