एकैदिन ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घन्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ५६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ६८ हजार ५८० पुगेको छ ।

यसैगरी कोरोना भाइरसको सङ्क्रमणबाट गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५२९ पुगेको छ।

यस अवधिमा २ हजार ७०७ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ९२ हजार ४९० पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-06 17:24:00

प्रतिकृया दिनुहोस्