संक्रमण  नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशन

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ भेरियन्टसहितको कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गरेका छन्। 

प्रदेश प्रमुख कलौनीले यहाँका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी संक्रमण फैलिन नदिन भइरहेको निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारेन्टिन, आइसोलेशन, कोभिड विशेष अस्पताल, कोरोना जाँचको उपलब्धता, संक्रमित भइहालेमा गरिने उपचार, अस्पतालमा अक्सिजनको अवस्थालगायतबारे जानकारी लिए। 

उनले संक्रमण फैलन नदिन र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिएका छन्। कोरोना संक्रमण फैलिन नदिन हाल जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन्। रासस 

प्रकाशित मिति: : 2021-05-06 19:13:00

प्रतिकृया दिनुहोस्