माधव नेपाल फर्किएलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली 

File photo
File photo

राष्ट्रपति विद्यादेवी भन्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्। 

केही बेरअघि एमाले वरिष्ठ नेता माधव नेपाल पनि राष्ट्रपति भन्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। तर उनी भने भेटर्वार्तापछि फर्किसकेको स्रोतले बताएको छ। 

नेता नेपाल आजै कांग्रेस सभापति शेरवहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए। देउवासँगकाे भेटमा उनले प्रधानमन्त्री ओलीले लिन खाेजेकाे विश्वासको मतकाे बारेमा छलफल गरेकाे बताइएकाे छ। देउवालाई भेटेर उनी सिधै शीतल निवास पुगेका थिए।

उनी त्यहाँबाट फर्केलगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेको स्रोतले बिएल नेपालीले सेवालाई जानकारी दिएकाे छ। 



देउवा भेट्न बुढानीलकण्ठ पुगे माधव नेपाल

देउवासँगको भेटपछि माधव नेपाल सिधै शीतल निवास

प्रकाशित मिति: : 2021-05-06 21:13:00

प्रतिकृया दिनुहोस्