अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) सुरु 

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)को चौंथो संस्करण सुरु भएको छ। 

कोरोना महामारीको कारण भर्चुअल रुपमा आयोजना गरिएको महोत्सव बिहीबारदेखि सुरु भएको हो। 

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्धाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिहरुले फेस्टिभललाई शुभकामना दिए। 

उद्धाटन सत्रमा बिहीबार बलिउड निर्देशक अनुराग काश्यपले फिल्म निर्माणका विषयमा आफ्ना अनुभव सुनाएका थिए। 

महामारीमा पनि हाम्रो मनोबल कमजोर भएको छैन, भन्ने सन्देश दिन भर्चुअल रुपमै भएपनि महोत्सव आयोजना गरेको आयोजक केपी पाठकले बताएका छन्। 

नेपाली फिल्म र फिल्मकर्मीलाई विश्वभर परिचित गराउने तथा नेपाली कला, संस्कृति पर्यटनलाई फैलाउने उद्देश्यका साथ आयोजना भएको महोत्सवमा केही फिल्महरु प्रदर्शन हुनेछन्। 

महोत्सवमा शुक्रबार नेपाली फिल्म र राजनीतिका विषयमा बहस भएका छन्। जारी महोत्सव आगामी सोमबारसम्म चल्नेछ। 
 

प्रकाशित मिति: : 2021-05-07 13:48:00

प्रतिकृया दिनुहोस्