जान्हवीसँग सम्बन्ध बिग्रिएपछि कार्तिकले छाडे 'दोस्ताना-२'

बलिउडमा केही महिनाअघि बाट चर्चामा छन्, अभिनेता कार्तिक आर्यन।

‘दोस्ताना २’ बाट निर्माता करण जोहरले कार्तिकलाई निकालेको समाचार आउनबित्तिकै कार्तिक चर्चामा आए। तर वास्तविकता त्यस्तो रहेनछ।

अभिनेत्री जान्हवी कपूरसँगको सम्बन्ध बिग्रिएपछि  ‘दोस्ताना २’ बाट कार्तिक आफै चलचित्रबाट बाहिरिएको खुलासा भएको छ।

केही समयअघि कार्तिकको नाम अभिनेत्री सारा अली खानसँग जोडिएको थियो। तर, यी दुइबीच पनि ब्रेकअप भएको बताइएको छ। 

त्यसयता उनले नाम जान्हवीसँग जोडिएको थियो। तर जान्हवीसँग पनि सम्बन्ध बिग्रिएपछि उनले  ‘दोस्ताना २’ बाट आफै बाहिरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-08 06:29:00

प्रतिकृया दिनुहोस्