'विज्ञान' शब्दको उत्पति 

विजय बस्नेत

काठमाडौँ
Breaknlinks
Breaknlinks

अनेक संघर्षहरुसँग लड्दै विज्ञानले आफ्ना क्रान्ति अहिले सबैभन्दा बलियो बनाएको छ।

जब धर्ती उत्पत्ति भयो, त्यत्तिबेला देखि नै विज्ञानको शुरुवात भैसकेको थियो। पछि क्रमिक रुपमा विकास हुँदै आयो। मानवकालअघि अनेक जीवहरुले पृथ्वीमा आ–आफ्नै तरिकाले राज गरेका थिए। अहिले मानवले राज गर्दै अनेक आयाम बोकेर पृथ्वी बाहिरको यात्रामा दौडिरहेको छ। विभिन्न विज्ञान र प्रविधि अघि बढिरहेका छन्। तिनैले अहिले विश्वमा नयाँ क्रान्ति खडा गरेका छन्। अहिलेको युगमा विज्ञानबिना एक कदम अघि बढ्न सक्दैन्।

विज्ञान शब्द विकास भएको धेरै बर्ष भएको छैन। तर पनि विज्ञानले अहिले पुरै संसार छोपिदिएको छ। १९औँ शताब्दीमा विलियम ववेलले सबैभन्दा पहिले वैज्ञानिक शब्द प्रयोग गरेका थिए।



मानिसकै कारण 'मानव अस्तित्व'लाई खतरा



उनले सन् १८८३ मा वैज्ञानिक शब्दलाई प्रयोग गर्दै विज्ञानलाई नयाँ स्वरुप दिएर ब्युँताए। सन् १८८३ भन्दा पहिले विज्ञानलाई प्राकृतिक दर्शनसँग जोडिन्थ्यो।

१६औँ र १७ औँ शताब्दीमा युरोपका वैज्ञानिकहरुले धेरै कुराहरु पत्ता लगाएका थिए। यस समयमा युरोपका धेरै देशहरुले आफ्नै शैलीमा अन्य देशहरुलाई पछि पारेको भन्दै कमजोर शैलीमा हेप्ने गर्दथे। यतिबेला भएका नयाँ खोजहरुलाई पर्याप्त भनेर परिभाषित गर्ने गरिन्थ्यो। विज्ञानले यो समयमा पनि निकै क्रान्ति खोजिरहेको थियो।

जब विज्ञान शब्द संस्थागत भयो। त्यसपछि धेरै पहिलेका चर्चित घटनाक्रमलाई विज्ञानसँग जोडेर परिभाषित गरियो। जुन अन्तरिक्ष र विज्ञानको विकासको उत्कृष्ट क्रान्ति थियो। करिब ४०० बर्षअघि देखि नै आधुनिक विज्ञानको विकास हुदै आएको इतिहास छ। विज्ञानमा धेरै विषयवस्तु समाहित छन्।

त्यसैले विज्ञानलाई विभिन्न तरवरले ब्याख्या गर्ने गरिन्छ। पहिले धर्म र संस्कृतिहरुमा विज्ञानलाई जोडिन्थ्यो। तर पश्चिमी मुलुकहरुले विज्ञानलाई आधुनिक बनाउँदै अघि बढे। जतिबेला पूर्वी मुलुकहरुले आधुनिक विज्ञानलाई कठिन तरिकाले बुझ्ने गर्दथे।



अन्तरिक्ष पर्यटनः अन्य ग्रहमा मानव बस्तीको अभ्यास



प्राचिन मानिसहरुले विविध विषयमा अध्ययन अनुसन्धान गरेर आफूलाईृ सहजता बनाएका थिए। जुन समयमा विज्ञान शब्दको जन्म भएको थिएन। पहिले अध्ययन र अनुसन्धानलाई  ग्रन्थ र स्मारक बनाएर राख्ने गरिन्थ्यो। अहिले पनि त्यसै गरिन्छ। तर प्राचिन समयमा नयाँ अध्ययन अनुसन्धानलाई धर्महरुमा बाँधेर राखिन्थ्यो। त्यसो गर्नु स्वभाविक थियो, किनभने मानवको जिज्ञासा धर्महरुमा मात्र सिमित थियो।

सकस तवरले केही खोजहरु नयाँ ढङ्गबाट बाहिर ल्याउन खोजिन्थ्यो। समय र परिस्थितीले कति अग्रजहरुले विज्ञानको लागि बलिदान दिनुपर्यो। कहिँकतै लुकिछिपी भए पनि केही खोज फरक तरिकाले बाहिर प्रकाशित गरियो। ती खोज नै विज्ञानका लागि ठुला क्रान्ति भएर जन्मिए। प्राचिन समयमा विज्ञानलाई धेरै दुरुपयोग गरिएको पाईन्छ।

धर्मका प्रवर्तकहरुले नयाँ खोज अनुसन्धानलाई अवैज्ञानिक स्वरुपले व्याख्या गरेर विज्ञानलाई दबाउने कोशिश गर्दथे। समय परिवर्तन हुँदै गएपछि मानिसका नयाँ जिज्ञासालार्ई कसैले रोक्न सकेन। मानिसका प्रवृतीले नै नयाँ खोेज र अनुसन्धानको बाटो शुरु भयो। अझै पनि धर्म र विज्ञानका कति कुराहरुमा विचार बाँझिन्छन्।

विज्ञानले आज मानव ज्ञानको लेखाजोखा गरिरहेको छ। जति विकास बढेका छन्, त्यति नै मानवमा जिज्ञासा उठिरहेका छन्। अहिले पनि विज्ञान प्रविधि अनेक क्रान्तिहरुसँग लडिरहेको छ।



'टाईम ट्राभल'बाट भेटिन सक्छ अर्को ब्रह्माण्ड



आधुनिक रुपमा विज्ञान अघि बढेको धेरै भएको छैन। १६औँ शताब्दीदेखि विज्ञान पश्चिमी मुलुकहरुबाट नयाँ रुपमा विकसित हुँदै आयो। त्यसपछी शुरु भए बेग्लै तरिकाले विज्ञानका नयाँ खोज र सिद्दान्तहरु।

यो समयमा पनि विज्ञान राम्रोसँग स्वतन्त्र रुपले उभिएको थिएन। विस्तारै मानिसका विचारहरु आधुनिकतीर लम्कन थाले। पश्चिमी र पूर्वी मुलुकहरुमा विज्ञानको विस्तारमा धेरै अन्तर आउन थाल्यो। पश्चिमी मुलुकहरु आधुनिक विकासको फड्को मार्न चाहान्थे तर पूर्वी देशहरुले भने आधुनिकभन्दा प्राचिन विकासलाई नै बढि मान्यता दिए।

फलस्वरुप पश्चिमी र पूर्वी देशहरुमा आधुनिक विज्ञान धेरै अन्तरले फेरिन थाल्यो। साथै विकासक्रम पनि। फरक फरक तवरले अघि बढ्यो। आधुनिक विज्ञान विश्वभर विस्तारै फंैलिदै गयो। स्वतन्त्र हुन पनि विज्ञानले कयौं क्रान्ति लड्नु पर्यो।

धेरै क्रान्तिहरु जित्दै अहिले विज्ञान विश्वमा स्वतन्त्र भैसकेको छ। कुनै पनि देश विज्ञान र प्रविधिबिना एक कदम अघि बढ्न सकदैनन्। नयाँ खोज अनुसन्धान व्यापक रुपले अघि बढिरहेका छन्। कुनै सानो काम गर्दा पनि अहिले वैज्ञानिक तरिकाले गरिन्छ। विश्वभरी हरेक कार्य अहिले आधुनिक बन्दै गईरहेका छन्।



ब्रह्माण्डको अध्ययन गर्न गरिएको त्यो पहिलो अभ्यास- 'हबल स्पेस'



विज्ञानले विश्वलाई आधुनिक बनाउँदै भविष्यको बाटो अन्तरिक्षतीर लम्काइरहेको छ। जसले अझ हजारौँ चुनौँतीहरु थपिदिएको छ। जुन भविष्यको वैज्ञानिक क्रान्ति हो।

यसले मानव विकास चरणमा भने उच्च फड्को मार्न सक्छ। विज्ञानलाई अहिले हरेक रुपमा जोडेर अघि बढाउने गरिन्छ। त्यसैले विज्ञान अहिले सबैको उच्च स्थानमा रहन सफल भएको छ । विज्ञानले विश्वलाई बोकेर हिडेकोे छ। विज्ञान कहिँकतै चिप्ल्यो अथवा कमजोर भयो भने संसार पुनः प्राचिन युगमा फर्किन सक्छ। 



विज्ञान र प्रविधिले जन्माएको अहंकार 

प्रकाशित मिति: : 2021-05-08 19:54:00

प्रतिकृया दिनुहोस्