नेपाली कांग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर्न र आवश्यकतानुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ।
पार्टीको कोभिड-१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेको प्रति सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ।
कांग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले आवश्यकतानुसार देशका विभिन्न ठाउँमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न सरकारसँग माग गरेका छन्।रासस