प्रहरीले भक्तपुरका विभिन्न अस्पताललाई आवश्यक अक्सिजन ग्याँस सिलिन्डर वितरण गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरु समेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर विभिन्न मितिमा संकलन गरी कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको प्रहरीले जनाएको छ।
संकलन गरिएका उक्त सिलिन्डरहरू उपचार भइरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको भक्तपुर इन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरिएको हो।