'महिला कलाकारले पाउने पारिश्रमिकमा विभेद छ'

Nepal Aaja
Nepal Aaja

अभिनेत्री करिश्मा मानन्धरले फिल्ममा महिला कलाकारले पाउने पारिश्रमिकमा विभेद रहेको बताएकी छिन्। 

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिन ‘नेपाली चलचित्रमा महिला सहभागिता’ शीर्षकमा बोल्ने क्रममा उनले नायकको तुलनामा नायिकाले अत्यन्त कम पारिश्रमिक पाउने गरेको बताएकी हुन्। पारिश्रमिकमा विभेद हुनु दुःखद रहेको उनको भनाइ छ।

‘कामको मामलामा हामी पुरुष सरह आइसकेका छौं। तर, अझै नायकभन्दा नायिकाले पाउने पारिश्रमिक कम छ। केहीबाहेक बाँकीले पारिश्रमिकमा पुरुष सहकर्मीको तुलनामा एकदमै कम पाउने गरेका छन्। यो अन्याय हो,’ उनले अगाडि भनिन्, ‘यदि महिलाले पुरुष सरह मिहिनेत गरेको छ भने उसको पनि पारिश्रमिक पुरुषको जतिकै हुनुपर्छ। सबैलाई समान नजरले हेर्नुपर्छ।’

प्रकाशित मिति: : 2021-05-09 19:10:00

प्रतिकृया दिनुहोस्