उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
सिंहदरबारमा आज भएको भेटमा उहाँले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे।
सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन उनले दिनुभएको प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।
कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उपप्रधानमन्त्री पोखरेलले जोड दिए।
सो अवसरमा केन्द्रका अध्यक्ष महावीर पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क वितरण गरिसकेको जानकारी दिए।
वैज्ञानिक पुनले संकटकालीनावस्थामा त्यहीअनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरे। रासस