प्रतिनिधिसभामा ओलीको विकल्प खोज्न कति सहज ?

रातोपाटी

काठमाडाैं

प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै दलका केही सांसदले असहयोग गर्ने भएका छन्।

प्रतिनिधिसभामा नेकपा एमालेका १२१ सांसद रहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप १५ सांसदको समर्थन आवश्यक पर्दछ।

तर, एमालेकै खनाल–माधव पक्षका २२ सांसदले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेर प्रधानमन्त्री ओलीलाई धक्का दिएका छन्।

२७१ सदस्य कायम रहेको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई बहुमत सिद्ध गर्न कम्तीमा १३६ सांसदको समर्थन चाहिन्छ। तर एमालेका १२१ सांसदमध्ये २२ जनाले अनुपस्थित जनाउने निर्णय गरेका कारण प्रधानमन्त्री ओलीलाई आफ्नै दलबाट ९९ मतमात्र पर्ने देखिन्छ।

यस्तो अवस्थामा उनले विश्वासको मत लिन थप ३७ सांसदको समर्थन जुटाउनुपर्छ, जो नेपाली काँग्रेस वा माओवादी केन्द्रमध्ये कुनै एक दलले साथ दिएमा मात्र पुग्छ।

प्रकाशित मिति: : 2021-05-10 13:15:00

प्रतिकृया दिनुहोस्