गायक तथा युट्युबर भवन सिंह थापाको ‘रमाइ रमाइ लान्थेँ’ कौरा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। म्यूजिक भिडियो थापाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
मगर समुदायको संस्कृति र संगीतको मौलिक अंगका रुपमा लिइने कौरा गीत र नाचको सांस्कृतिक पक्षलाई थापाले सर्लक्कै उतारेका छन्।
गीतमा थापासँगै रेशम आले मगरको स्वर रहेको छ। रेशम आलेले लेखेको गीतको संगती थापा आफैँले गरेका हुन्।
कौरा नेपालका मगर जातिको मौलिक संस्कृति भएको नेपालको महत्वपूर्ण सांस्कृतिक धरोहर मानिने व्यास नगरपालिकामा छायांकन गरिएको उक्त गीतमा प्रविना आले, लक्ष्मी थापा मगर, सजिता थापा मगर, तृसना थापा मगर, सोनाली थापा मगर, लक्ष्मी थापा मगर, कोपिला थापा मगर लगायतको अभिनय रहेको छ।
रेशम आलेले ‘कोरियोग्रफी’ गरेको भिडियोको निर्देशन थापा आफैँले गरेका हुन्।