कोभिड नेपालः कोरोना भाइरस महामारीका कारण अक्सिजन अभाव, समाधान कहिले र कसरी?

बिबिसी

काठमाडाैं

कोरोनाभाइरस सङ्क्रमण दर तीव्र गतिमा फैलिरहँदा राजधानी काठमाण्डू लगायत देशका विभिन्न भागका अस्पतालहरूमा अक्सिजनको सङ्कट झन झन गहिरिँदै गएको छ।

अक्सिजनको सङ्कट गहिरिएपछि हालै मात्र झन्डै एक दर्जन विभिन्न अस्पतालहरूले थप बिरामीहरूलाई सेवा दिन नसक्ने अवस्था सार्वजनिक गरेका विवरण आएका छन्।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पतालहरूलाई दैनिक निश्चित कोटा छुट्याइदिएको भएपनि त्यो अपर्याप्त भएको अस्पताल सम्बद्ध चिकित्सक र व्यवस्थापकहरूले बताएका छन्।

अक्सिजन उत्पादक सङ्घका एक जना अधिकारीले कोरोनाभाइरस महामारीको दोस्रो लहर आउनुभन्दा अघि खराब अवस्थाको आँकलन गरेर पूर्व तयारी नगरिएको भन्दै नयाँ उद्योग स्थापना गर्न तीन महिनासम्म लाग्न सक्ने बताए।

राजधानीमा उद्योग र अस्पतालले गरेर दैनिक १० हजार सिलिन्डरसम्म अक्सिजन आपूर्ति गर्नसक्ने भएपनि १५ हजारसम्म सिलिन्डरको माग आउन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-13 14:05:00

प्रतिकृया दिनुहोस्