बाराको आदर्श कोतवाल गाउँपालिका-३ बातरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
काठ चिरान मेशिनमा करेन्ट लागेर सोही ठाउँ बस्ने हिरा रामको छोरा १५ वर्षीय टोनीरामको बिहीबार साँझ मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।