जिल्लामा कोभिड –१९ का जटिल सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन विशेष व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अस्पताल धुञ्चे तथा ग्रामीण अस्पताल जिवजिवेमा अक्सिजनको उचित प्रबन्ध गरिएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले सम्भावित जोखिमलाई ध्यानदिँदै अक्सिजनको मौज्दात गरिएको जानकारी दिए।
रसुवागढी,साञ्जेन र सालासुङ्गी जलविद्युुत आयोजनाले अक्सिजन सिलिण्डरको सहयोग गरेका थिए। ती जलविद्युत आयोजनाले वर्षायामको सडक सुचारू गराउन डोजर उपकरण समेत गराएका थिए।
जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सय ८९ रहेको र हालसम्म जटिल समस्या नआएको चिकित्सकले जनाएका छन्। रासस