नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको विपद् व्यवस्थापन कोष सञ्चालनका लागि रु ५० हजार नगद प्राप्त भएको छ।
बर्दिबास हेल्प फाउण्डेशन महोत्तरीले महासङ्घको सो कोष सञ्चालनार्थ आज चेक उपलव्ध गराएको हो। फाउण्डेशनका अध्यक्ष प्रल्हाद क्षेत्रीले महासङ्घका शाखा अध्यक्ष कमलेश मण्डललाई चेक प्रदान गरे।
महोत्तरीको बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा एसएलसी परीक्षामा सामेल भएकाले लोक कल्याणकारी काममा सघाउन फाउण्डेशनको स्थापना गरेका हुन्।
अहिले कोरोना महाव्याधिको सन्त्रास छाएका बेला पत्रकारको सुरक्षाका लागि कोष स्थापनार्थ सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष क्षत्रीको भनाइ छ। रासस