पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

नर्भिक अस्पतालमा कोरोना उपचार गराइरहेकी पूर्वरानी कोमल शाह निको भएर डिस्चार्ज भएकी छन्।

उनलाई शुक्रबार साँझ डिस्चार्ज गरेको अस्पताल स्रोतले जनाएको छ। उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि अस्पतालबाट डिस्चार्ज भएकी छन्। 

पूर्वराजा ज्ञानेन्द्र शाह भने बुधबार नै डिस्चार्ज भइसकेका छन्। २२ दिनअघि कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए। 

उपचारको क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वरानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार गरिएको थियो। अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो। उनलाई प्लाज्माथेरापी विधिबाट समेत उपचार गरिएको थियो। 

प्रकाशित मिति: : 2021-05-15 09:17:00

प्रतिकृया दिनुहोस्