सरकारद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस, म्यान्मारको लागि संग्रौला

File photo
File photo

सरकारले म्यान्मारसहित ११ वटा देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।

म्यानमार, दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदूत सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। 

सरकारले पुराना नेता नारायणप्रसाद संग्रौलालाई म्यान्मार, सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेको छ। 

त्यस्तै तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेललाई श्रीलंका, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, सुम्निमा तुलाधरलाई अस्ट्रेलियाको लागि सिफारिस गरिएको हो। तुलाधार वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरीसमेत हुन्।

जंगबहादुर चौहानलाई रुसका लागि प्रस्ताव गरिएको छ भने पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनका लागि राजदूत सिफारिस गरिएको छ। यसैगरी ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा दमककी सुमित्रा सुवेदी भण्डारी र साउदी अरेबियाको राजदूतमा मेराज मुसलमानलाई प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: : 2021-05-15 10:53:00

प्रतिकृया दिनुहोस्