राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउँदैछ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुन लागेको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज शनिबार (केहीबेर अघि) मस्कट पुगिसकेको छ।
निगमका महाबवन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र आज साँझै चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्ट्रेटर, ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिएका छन्।
उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ।