त्रिलोक चिल्डे«न एकेडेमी बालाजुका संस्थापक प्राचार्य नवराज खनालको निधन भएको छ। गोरखाको बुङ्कोट निवासी खनालको कोरोना सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो।
यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका खनालको आज बिहान १ः४५ बजे निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले जानकारी दिए।
विसं २०२८ मा गोरखाको बुङ्कोटमा जन्मिएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत थिए। उनी नेपाली विषयका शिक्षक थिए। स्व खनालका बुबाआमा, श्रीमती र दुई छोरा छन्। रासस