सेती अस्पतालमा उपचाररत ६ कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना सङ्क्रमितको मृत्यु भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका–१० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका–१ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-05-15 18:15:00

प्रतिकृया दिनुहोस्