हास्य कलाकार राजाराम पौडेलले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास खरिदका लागि आर्थिक सहयोग गरेका छन्।
उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि बिहीबार एक लाख सहयोग गरेका हुन्।
पैसाले स्वास फेर्न नसकिने बताउदैं उनले फेसबुकमा लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजननै चाहिँने रहेछ। त्यसैले अक्सिजनको व्यवस्था गर्न राष्ट्रिय आविस्कार केन्द्रलाई आफूले सकेको सहयोग गरेको छु। पैसाले स्वास फेर्न सकिन्न, स्वास फेर्न अक्सिजन नै चाहिन्छ।'