हेटौँडा अस्पतालमा थप ४ कोरोना सङ्क्रमितको मृत्यु

Symbolic photo
Symbolic photo

हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए।

उनका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आज बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो। मृत्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन्।

मृत्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको डा काफ्लेले बताए।

मृतक सबैमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए।रासस

प्रकाशित मिति: : 2021-05-16 15:33:00

प्रतिकृया दिनुहोस्