नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक क्योकुसिनका अन्तर्राष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको अल्पायुमा भएको देहावसानमा समवेदना प्रकट गरेको छ।
जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। स्व. यादव ९ दिनदेखि बीर अस्पतालमा उपचार्रथ थिए।
यादवको श्रीमती र एक छोरा छन्। नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व, अन्तर्राष्ट्रिय क्योकुसिन खेलाडी एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा प्रदेश नं. २ का संयोजक बैजनाथबाबा यादवलाई गुमाउँदा सिङ्गो खेलकुद क्षेत्र र लोकतान्त्रिक खेलकुद संघले ठूलो क्षती बेहोरेको संघले बताएको छ।