नेपाली कलाकार रोविन तामाङ बलिउड वेब सिरिज ‘दि लास्ट आवर’ मा अभिनय गरेका छन्।
उक्त वेब सिरिज अमेजन प्राइमको ‘पे पर भ्यू’ मार्फत् सार्वजनिक भएको हो।
महामारीको संकटमा यतिबेला सबै आफ्नो घरमै छन्। सिरिजलाई दर्शकले निकै रुचाएको पाइएको छ।
सिरिजमा रोबिन 'यामानाडु' नामक तान्त्रिक भिलेनको भूमिकामा देखिएका छन्। अमित कुमारको निर्देशन रहेको सिरिजमा भारतीय कलाकार सँगै नेपाली कलाकारहरूको अभिनय रहेको छ।
भारतको उत्तर पूर्वी राज्यको पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा गरिएको हो।