अक्सिजन खरिदका लागि नाजिर हुसेनले गरे एक लाख सहयोग

अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन्। 

कोरोना महामारीका बेला स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र संक्रमितलाई निशुल्क अक्सिजन ग्यास उपलब्ध गराउँदै आएको नेपाली बैज्ञानिक महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उनले मंगलबार एक लाख नगद दिएर सहयोग गरेका हुन्।

सहयोग हस्तान्तरणपछि नाजिरले भनेका छन्, ‘दर्शककै साथ र मायाले आज म यहाँसम्म आइपुगेको हुँ। आज उहाँहरुलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ। कोरोना महामारीको समयमा हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ। मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कसैको जीवन बच्न मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु।’

अहिलेको अवस्थामा अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य भएका कोरोना संक्रमितको जीवन बचाउनका लागि विभिन्न नेपाली फिल्मकर्मीहरुले सहयोग गर्दै आएका छन्। जसमा पल शाह, राजाराम पौडेल, पुष्प खड्का, श्वेता खड्कालगायत रहेका छन्। 

प्रकाशित मिति: : 2021-05-19 17:04:00

प्रतिकृया दिनुहोस्