अभिनेत्री काजल अग्रवाल(३६) लाई नचिन्ने सायदै होलान्।
बलिउड र दक्षिण भारतीय चलचित्रमा उनको नाम स्थापित भइसकेको छ। तमिल चलचित्रबाट अभिनयमा डेब्यु गरेकी काजलका प्रशंसा र आलोचनाका थुप्रै किस्साहरु छन्।
मास कम्यूनिकेशनमा स्नातकोत्तर गरेकी काजलको सुन्दरताको खुलेरै चर्चा हुने गरेको छ। सन् २००४ मा रिलिज भएको 'क्यू, हो गया न...' काजलको पहिलो चलचित्र थियो।
२००९ सम्म काजलले दर्जनौ चलचित्र गरिसकेकी थिइन्। तर दर्शकको आँखामा बस्न सकेकी थिइन्। जब उनको 'मगधीरा' चलचित्र रिलिज भयो, तब भने उनको नामले एकाएक चर्चा पायो। सुन्दरता र अब्बल अभिनयले सबैको मन जित्यो। सोही चलचित्रबाटै उनले आठ ओटा राष्ट्रिय अवार्डहरु समेत जितेकी थिइन्। त्यसो त हालसम्म उनले ४० भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन्।
काजलले यस क्षेत्रमा थुप्रै विवादास्पद समयको सामना गर्नुपर्यो। भारतीय एक म्यागाजिन एफएचएमको लागि उनले टपलेस फोटोशुट गराएकी थिइन्। जसले उनलाई ट्रोलको शिकार बनायो। उक्त फोटोशुटमा उनले आफ्ना दुई हातले गोप्यअंगलाई छोपेर फोटो खिचाएकी थिइन्।
उक्त फाेटाेशुटकाे विवादपश्चात काजल आफैले गल्ती गरेकाे स्वीकार गरेकी थिइन्। साथै साेही गल्तीकै कारण आफू चार वर्षसम्म डिप्रेशनमा बसेकाेसमेत जानकारी गराएकी थिइन्।