इजरेल-गाजा द्वन्द्वः बाइडन चाहन्छन् युद्धविराम तर इजरेल भन्छ, सैन्य कारबाही जारी

बिबिसी

काठमाडौं

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको जनाएको छ।

इजरेल अझै कारबाहीको पक्षमा

इजरेललको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन।

राष्ट्रपति बाइडनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले चाहिँ इजरेली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2021-05-20 09:46:00

प्रतिकृया दिनुहोस्