यो देशमा ६० प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाइसके तर अझै बढ्दैछ सङ्क्रमण

खोप लगाएपछि जीवनमा यसको अर्थ के हुन्छ ?

रातोपाटी

काठमाडाैं

विश्वमा धेरै जनसङ्ख्यामा खोप लगाउने देशमध्येको एक सिसेलमा अहिले कोरोना फैलिरहेको छ। अन्य देशहरू पर्याप्त खोप सञ्चय गर्नका लागि सङ्घर्षरत रहेका बेला भारतीय महासागरस्थित टापु सिसेल भाग्यमानी बन्यो, यहाँ ६१ दशमलव ४ प्रतिशत जनसङ्ख्याले खोपको पूर्ण डोज लगाइसकेको छ।

तर कोरोना भाइरसलाई फैलनबाट रोक्न यो पर्याप्त भएन। पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दो छ र अधिकारीहरूले देशमा कडाइ गरको छन्। ९९ हजार जनसङ्ख्या बसोबास गर्ने यस देशमा अहिले २७ सयभन्दा धेरै सक्रिय सङ्क्रमित देखिएका छन्।

सक्रिय सङ्क्रमितमध्ये ३३ प्रतिशतले खोपको पूर्ण डोज लगाइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ। के यो महामारीबाट देशहरूले आफूलाई पूर्ण रूपमा प्रतिरोधी बनाउनसक्छ ? यो प्रश्न सिसेलमा देखिएको यथार्थले उब्जाएको छ।

यद्यपि विज्ञ तथा स्थानीय अधिकारीहरू भाइरस फैलनुलाई खोपले काम नगरेको सङ्केत मान्दैनन्। जेसुकै होस्, धेरै खोप लगाएका देश पनि सुरक्षित छैनन् भन्ने स्मरण यस देशको घटनाक्रमले गराएको छ।

प्रकाशित मिति: : 2021-05-20 10:56:00

प्रतिकृया दिनुहोस्