नौ बजे कांग्रेसको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) पार्टीको आकस्मिक बैठक बोलाएका छन्।

देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने भनिएको बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी , संसदीय दलका पदाधिकारी र केही प्रभावशाली नेताहरूलाई समेत बोलाईएको स्रोतले बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बिहिबार) साँझ माात्र २१ घन्टाको म्याद दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। 

सोही आह्वान लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक बैठक बस्न लागेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-05-21 05:51:00

प्रतिकृया दिनुहोस्