छापामार शैलीको राष्ट्रपतिको आह्वान: उपधारा ४ गायब !

‘प्रधानमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकाले....’

रातोपाटी

काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विज्ञप्ति विहीबार राति ७ बजेर ५६ मिनेटमा राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भयो। यो आह्वान राति जारी भएकाले मात्र छापामार शैलीको गन्ध आएको होइन, दलहरूलाई तोकिएको समयको हिसाबले पनि यसले छापामार शैलीको विशेषता बोकेको छ।

कोरोना महामारीबाट सिंगो देश थलिएको र निषेधाज्ञाका कारण बैठक र भेलासमेत गर्न नपाइने अवस्थामा राष्ट्रपतिले हठात् आजै शुक्रबार बेलुका ५ बजेसम्म नयाँ सरकारको दाबी गरिसक्न भनेकी छिन्।

आखिर राष्ट्रपतिले यसरी छापामार शैलीमा द्रुत आह्वान गर्नुको कारण के हो ? यसमा विपक्षी दलहरुले सरकारको दाबी गर्न नसकुन् र छापामार शैलीमै फेरि केपी ओलीलाई नै धारा ७६(३) बाट ७६ (५) मा सरुवा गर्न पाइयोस् भन्ने नियत लुकेको देखिन्छ। संविधानविद् डा. विपिन अधिकारीले समेत राष्ट्रपतिले दिएको समय ज्यादै छोटो प्रतिक्रिया बिहीबारै दिइसकेका छन्।

यो त भयो समयको कुरो। तर, राष्ट्रपतिले गरेको आह्वानमा संवैधानिक र संसदीय मान्यताका हिसाबले पनि त्रुटि नै त्रुटि भेटिएका छन्। ती त्रुटि यस्ता छन्–

त्रुटि नम्बर एक : संविधानको धारा ७६ (४) गायब !

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ–

‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।’

प्रकाशित मिति: : 2021-05-21 10:20:00

प्रतिकृया दिनुहोस्