संसद विघटनको मजाक : प्रतिगमन भाग– २

यी हुन् प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

रातोपाटी

काठमाडाैं

‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, पछि मजाकका रुपमा।’

कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर इतिहास दोहोर्याएका छन्। पुस ५ को पहिलो विघटन त्रासदीका रुपमा आएको थियो, आज मध्यरातको दोस्रो विघटनचाहिँ मजाक बनेर आएको छ। इतिहासले पनि कहिलेकाहिँ मजाक गर्दोरहेछ !

गत पुस ५ मा केपी शर्मा ओली र विद्यादेवी भण्डारीले आपसमा मिलेर गरेको संसद विघटन पहिलो प्रतिगमन थियो। आज राति (१ बजे) भएको संसद विघटनचाहिँ प्रतिगमन भाग–२ हो। पुनस्र्थापित जनप्रतिनिधिमूलक संस्थाको बलात्कारपछि गरिएको हत्या हो। पहिले संसदको बलात्कार गरियो, पछि हत्या भयो।

अहिले देशमा कोरोनाको महामारी छ। जनता दिनहुँ अक्सिजन र बेड नपाएर मरिरहेका छन्। सरकारले खोप किनेर ल्याउन सकिरहेको छैन। तर, राष्ट्रिय एकताका साथ जनताको उपचारमा ध्यान दिनुपर्ने बेलामा सरकारले देशलाई जबरजस्त मध्यावधि चुनावतिर धकेलेको छ।

अर्बौं रुपैयाँ खर्च हुने मध्यावधि चुनाव जनस्वास्थ्यका दृष्टिले पनि र आर्थिक व्ययभारका दृष्टिले पनि अहिले उपयुक्त देखिँदैन। देशको अहिलेको प्राथमिकता भनेको कोरोना महामारीविरुद्ध लड्नु हो। कोरोनाले थलिएका जनतालाई आर्थिक राहतका कार्यक्रममा ध्यान दिनु हो। जनतासँग भोट माग्नुपूर्व उनीहरुलाई बचाउनु अहिलेको प्राथमिकता हुनुपर्ने हो।

प्रकाशित मिति: : 2021-05-22 13:40:00

प्रतिकृया दिनुहोस्