सभापति देउवाद्वारा आचार्यको निधनप्रति दुःख व्यक्त

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको  निधनप्रति दुःख व्यक्त गरेका छन्।

आचार्यको आज काठमाडौंको कपनस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उनले लोकतन्त्रका पक्षमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

जनकपुरबाट प्रकाशित हुने जनआकांक्षा साप्ताहिक र आकांक्षा दैनिकका सम्पादक आचार्य क्यान्सर रोगबाट पीडित थिए।

विसं २०३६ मा जनमत संग्रहका बेला जनआकांक्षा साप्ताहिकले कांग्रेसको पक्षमा लेख र रचनाहरु प्रकाशित गर्नुका साथै बहुदलको पक्षमा उल्लेखनीय कार्य गरेको थियो।

सभापति देउवाल उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गरेका छन्।रासस

प्रकाशित मिति: : 2021-05-22 20:46:00

प्रतिकृया दिनुहोस्