राष्ट्रपतिलाई गोबर उपहार दिने नेविसंघका नेता पक्राउ

Photo : onlinekhabar.com
Photo : onlinekhabar.com

प्रतिनिधिसभा विघटनको बिरोध गर्दै राष्ट्रपतिलाई गोबर उपहार दिने नेविसंघका नेता नवराज त्रिपाठीलगायत विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

आईतबार बिहान काठमाडौंको नयाँबानेश्वरमा बिरोध गर्दै राष्ट्रपतिलाई गोबर उपहार दिनेहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए।
 

प्रकाशित मिति: : 2021-05-23 12:23:00

प्रतिकृया दिनुहोस्