माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका-४ नयाँ पाटी ब्रमाखेलस्थित बिराज वासिङमा काम गर्ने सिन्धुपालचोक घर भएका ४० वर्षीय भिम लामाको माटोको ढिस्कोले पुरिएर शनिबार राति मृत्यु भएको हो।

काम गर्ने क्रममा माटोको ढिस्कोले पुरी गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: : 2021-05-23 13:55:00

प्रतिकृया दिनुहोस्