प्रधानमन्त्री र राष्ट्रपतिले नेपाललाई फिजीको नियतिमा पुर्‍याउन नागरिकता अध्यादेश जारी गरे : भीमार्जुन आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारी मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको बताएका छन्।

संविधानविद् डा. आचार्यले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, 'ओली राष्ट्र घातको कित्तामा उभिएको दिनदेखि हामीले बिरोध गर्यौं। उनको गुट र कार्यकर्ताहरू हाम्रोबिरुद्ध खनिए। आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान्।' 

ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको भन्दै उनले नेताभन्दा देश ठूलो बताएका छन्।

'सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ती गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ।' डा. आचार्यले लेखेका छन्। 

प्रकाशित मिति: : 2021-05-24 11:09:00

प्रतिकृया दिनुहोस्