शरणार्थी शिविरमा खाद्यान्न लिएर पुगे नायक रमित र दिलिप

Breaknlinks
Breaknlinks

झापा र मोरङमा रहेका नेपाली भाषी भुटानी शरणार्थी शिविरमा खाद्यान्न सहयोग गरिएको छ।

‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको गुडविल एम्वासेडर भई फाउन्डेसनको तर्फबाट मोरङ्ग जिल्लाको पथरी(शनिश्चरेमा र दमक नगरपालिका बेलडाङ्गी ३ झापामा रहेका नेपाली भाषी भुटानी शरणार्थीलाई खाद्यन्न सहयोग गरिएको नायक रमित ढुङ्गानाले जानकारी दिए।
नायक ढुङ्गानाका अनुसार  शिविरमा १७०० घर धुरीलाई प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको छ।

नायक रमितले सहयोग अभियानमा  सहयोग पुर्याएका डिल्ली अधिकारी, मेघ सुवेदी, रुद्र बानियाँलगायत सम्पूर्णमा धन्यवाद तथा आभार प्रकट गरेका छन्।कोरोना कहरका बिच जारी निषेधाज्ञाले रोग सङै भोक चिन्ता थपिएपछि सहयोग गरिएको जनाइएको छ।हस्तान्तरण कार्यक्रममा नायक दिलिप रायमाझी, ईन्द्रेणीका कृष्ण कंडेल र ुइन्ट्रा फाउन्डेसन अफ अमेरिकाका रुद्र बाँनिया लगायतको सहभागीता रहेको थियो। सहयोग पाएपछि त्यहाँका भुटनीज क्याम्पहरुमा खुशियाली छाएको नायक दिलिप रायमाझीले बताए।

प्रकाशित मिति: : 2021-05-24 11:46:00

प्रतिकृया दिनुहोस्