प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च पुगे विपक्षी गठबन्धन

प्रतिनिधिसभा विघटनबिरुद्ध विपक्षी गठबन्धन रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर ५ दलका शीर्ष नेतासहित सांसद सर्वोच्च अदालत गएका हुन्।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादवसहितका नेताहरु सर्वोच्च अदालत गएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्न र कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका सांसदहरु रिट दायर गर्न सर्वोच्च अदालतमा गएका हुन्।

प्रकाशित मिति: : 2021-05-24 14:22:00

प्रतिकृया दिनुहोस्