संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १४६ सांसदकाे रिट

विघटित प्रतिनिधिसभाको पुनःस्थापना र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माग १४६ सांसदहरुले सर्वोच्च अदालतमा रिद दायर गरेका छन्।

१४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी वैधानिक भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिटमा उल्लेख छ।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ। 

प्रकाशित मिति: : 2021-05-24 15:53:00

प्रतिकृया दिनुहोस्