अलपत्र यो भवन कोभिड उपचारमा सदुपयोग किन नगर्ने ?

अन्नपूर्ण पोष्ट

ईश्वरकाजी खाइजू

काठमाडौं–भक्तपुर भएर ओहोरदोहोर गर्ने जोसुकैले वर्षौंदेखि अपूर्ण हालतमा ठडिएको १७ तले भवन देखेकै हुनुपर्छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा रहेको यो घरको बेला–बेला अनेक परिचर्चासमेत हुन्छन्। किन यो अलपत्र रह्यो भन्ने जिज्ञासा पनि धेरैमा पाइन्छ। 

त्यसको कथा भिन्दै छ। यहाँ चर्चा गर्न खोजिएको विषय भने हो– कोभिड महामारीमा उपचार प्रयोजनका लागि यो घरलाई सदुपयोग किन नगर्ने ? राज्य वा निजी क्षेत्रले वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामा स्वास्थ्योपचार केन्द्र यसलाई किन नबनाउने ?

नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा छ। अघिल्लो ‘भेरियन्ट’ भन्दा यसपालि चिकित्सकको निगरानीमा उपचार गर्नैपर्ने बिरामीको दर र संख्या बढी छ। राजधानीका अस्पताल भरिभराउ छन्। नयाँ बिरामीलाई सिट पाउन महाभारत छ। त्यसमाथि यो ‘भेरियन्ट’ मा अधिकांशलाई अक्सिजनको आवश्यकता परिरहेको छ। 

आईसीयू, सीसीयू र भेन्टिलेटर चाहिनेको संख्या बढ्दो छ। साविक अस्पतालले यो परिस्थितिलाई धान्नै धौ–धौ परेको छ। संक्रमितको संख्या बढ्दो छ। अस्पतालका भुइँ, बेञ्च र ह्विलचियरमा समेत उपचार भइरहेको छ। 

प्रकाशित मिति: : 2021-05-25 09:00:00

प्रतिकृया दिनुहोस्