विपक्षीलाई पूर्वमन्त्री बाँस्काेटाकाे व्यङ्ग्य- 'पार्टी भक्ति त तुहियो !'

File photo
File photo

पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमाले नभए अर्को पार्टी खोल्छु भन्नेहरुले प्रतिनिधिसभा पुनःस्थापना माग गरेको असुहाउँदो भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र गणतन्त्रवादी हुने शिक्षा दिएको पनि जानकारी दिएका छन्।

उनले भनेका छन्, 'एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला? अदालतले निर्दल घोषणा गर्छ र ?तिनिहरु कुन दलका सांसदका रुपमा रहलान? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथिवीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ।पार्टी भक्ति त तुहियो।'
 

प्रकाशित मिति: : 2021-05-25 15:16:00

प्रतिकृया दिनुहोस्