बाँकेमा उपचाररत १० कोरोना संक्रमितको मृत्यु

Symbolic photo
Symbolic photo

बाँकेका अस्पतालमा भर्ना भएका १० सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको हो।

मृतकमा बाँकेका पाँच, दाङका तीन र बर्दियाका दुई जना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

योसँगै बाँकेमा कोरोनाबाट अकालमै ज्यान गुमाउनेको सङ्ख्या २ सय ७९ पुगेको छ भने यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए।रासस

प्रकाशित मिति: : 2021-05-25 19:54:00

प्रतिकृया दिनुहोस्