जारी निषेधाज्ञामा कलाकारहरुलाई समय बिताउन निकै गाह्रो भएको पाइन्छ। त्यसो त, सधैँ दौडधुपमा रहने कलाकारलाई यो निषेधाज्ञा फुर्सदिलो समय बनेको छ।
यो समयमा हास्य कलाकार कुमार कट्टेल (जिग्री) ले समयको सदुपयोग गर्दै नयाँ टेलिसिरियलको कथा लेखनमा व्यस्त बनेका छन्। कोरोना महामारी नियन्त्रण आएर वातावरण सामान्य हुनबित्तिकै छायाङ्कनमा जाने उनको तयारी छ।
यस् सिरियलमा ‘सक्किगोनी’ भन्दा फरक विषयवस्तु हुने उनले बताएका छन्।