हलिउड अभिनेत्री तथा रियालिटी टेलिभिजन शो 'किपिङ अप् विथ दी कार्डियासियन्स'की स्टार किम कार्डियासियन र गायक तथा र्यापर रे जेको नाम वर्षौदेखि सँगै जोडिदै आएको छ।
सन् २००७ मा उनीहरुको कन्ट्रोभर्सियल सेक्स टेप लिक भएपछि उनीहरु सबैको लागि चर्चाको विषय बने। उनीहरुको कन्ट्रोभर्सियल सेक्स टेप 'भिभिड इन्टरटेनमेन्ट' नामक च्यानलबाट सामाजिक सञ्जालमा लिक भएको थियो।
पछि यो विषयमा व्यापक बहस हुन थालेपछि किमले उक्त च्यानलको विरुद्ध अदालतमा मुद्दासमेत दायर गरेकी थिइन्। अदालतले यस्तो फैसला गरिदियो कि उक्त च्यानलले किमलाई तत्कालिन अवस्थामा पाँच मिलियन डलर क्षतिपूर्ती दिनुपर्ने भयो।
पछि च्यानलले नै किमसँग सम्झौता गरेर रिलिजको अनुमति मागेको थियो। किमले पनि मासिक ८० हजार डलर दिनुपर्ने मागसहित सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।
उक्त च्यानले अहिले पनि किमलाई सम्झौता बमोजिमनै शुल्क तिर्दै आएको छ। लिक भएको सेक्स टेपले अहिलेसम्म तीन सय मिलियन डलरभन्दा धेरै आम्दानी गरिसकेको चर्चित म्यागाजिन टिएमजेटमा उल्लेख गरिएको छ।
उक्त सेक्स टेपका अर्का मुख्य पात्र रे जे ले पनि सम्झौता अनुसार सोही भिडियोबाट मासिक ७० हजार डलर प्राप्त गर्दै आएका छन्।