थप ६७१४ जनामा कोरोना पुष्टि, ६७१६ जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा ६ हजार ७१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३ सय ५२ नमूनाको कोरोना परीक्षण गर्दा ६ हजार ७१४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ। आज ६ हजार ७१६ जना सङ्क्रमण मुक्त भएका छन्।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। 

प्रकाशित मिति: : 2021-05-26 16:52:00

प्रतिकृया दिनुहोस्